१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

मनहरी — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वाग्मती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको दिएका छन् । 

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका प्रतिनिधिसँग आइतबार हेटौँडामा भएको छलफलमा उनले कला, संस्कृति संरक्षण गर्ने ऐन पनि तत्काल मस्यौदा हुने जानकारी दिए ।

वाग्मती प्रदेशमा बहुसंख्यकले बोल्ने तामाङ र नेपाल भाषा (नेवारी) लाई सरकारी कामकाजका रूपमा कार्यान्वयन भएको घोषणा गरिने तयारी भएको जानकारी उनले भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर एक सय १९ स्थानीय तह र एक हजार एक सय २१ वटा वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको बताए ।

उनले भने, 'संघीयता कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा भाषा विधेयक हो । प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पारित हुन्छ ।'

छलफलमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, लगायत नेवाः राष्ट्रिय मुक्ति मोर्चाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : वैशाख ९, २०८१ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?