२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते

काभ्रे — काभ्रेको भुम्लु गाउँपालिका १० स्थित दोलालघाटमा बिहीबार ६ : ५५ बजेतिर खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते छन् । 

दोलालघाटमा सुन्दर श्रेष्ठको घरमा डेरा लिई बस्ने ३६ वर्षीया निरमाया तामाङको भान्सामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आगलागीमा निरमाया, सोही घरमा बस्ने सादना तामाङकी ७ वर्षीया छोरी सबिना र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ११ वर्षीया प्रविसा परियार घाइते भएका छन् ।

घाइते भएका ३ जनालाई धुलिखेल अस्पतालबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ ।

आगो पाँचखाल नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा निभाइएको थियो । प्रहरीका अनुसार आगलागीबाट डेढ लाख रुपैयाँको धनमाल क्षति भएको अनुमान छ ।

प्रकाशित : चैत्र १, २०८० २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?