२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

प्रहरीले लगाएको हत्कडीसहित गाँजा कारोबारी फरार

राजकुमार कार्की

सिन्धुली — लागूऔषध गाँजासहित पक्राउ परेका एक व्यक्ति हत्कडी लगाएकै अवस्थामा भीरमा हाम्फालेर फरार भएका छन् । 

प्रहरीकाअनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ को क्यामनचुलीबाट सर्लाहीतर्फ जाँदै गरेको ना. ४४ प. ६०२९ नं को मोटरसाइकल खानतलासी गर्ने क्रममा प्रहरीले चामलको बोरामा लुकाइ छिपाइ लैजान लागेको २० किलो गाँजा फेला पारेको थियो ।

नाम वतन नखुलेका गाँजा कारोबारीलाई हत्कडी लगाइ गाँजा र मोटरसाइकल नियन्त्रणमा लिने क्रममा भीरमा हाम्फालेर फरार भएको प्रहरीले जनाएको छ ।

खोज तलासकोक्रममा तीनसय मिटर पर हत्कडी तोडेर फालेको अवस्थामा फेला परेको र फरार व्यक्तिको खोजतसाल भइरहेको सिन्धुली प्रहरीका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १३, २०८० १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?