२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

'स्वतन्त्र देशलाई पराधिन बनाउन एमसीसी लागू गरिँदैछ'

कृष्ण थापा

नुवाकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल र नेपालीको हितमा नभएको भन्दै विरोध जनाएको छ । 

'स्वतन्त्र देशलाई पराधिन बनाउन एमसीसी लागू गरिँदैछ'

मंगलबार विदुरमा आयोजित एमसीसी परियोजना कार्यन्वयनविरुद्ध अन्तरक्रियामा नेकपाका स्थायी कमिटी सदस्य भरतले स्वाधिन र स्वतन्त्र देशलाई पराधिन बनाउन एमसीसी लागू गर्न लागिएको बताए । उनले शान्त देशको सुखी नेपाली हुन चाहेको भन्दै एमसीसीले देश बनाउनेभन्दा उपनिवेश बनाउने खतरा बढेको र नेपाल युक्रेन जस्तो बन्ने दाबी गरे । ‘एमसीसी लागू भयो भने देश पूर्ण उपनिवेश बन्छ,’ उनले भने, ‘हाम्रो देशको स्वाधिनता र स्वतन्त्रता खतम हुन्छ ।’

उनले एमसीसी नेपालको हितमा नभएपछि संसद्‌ले १२ बुँदे मसीसीमाथि १२ बुँदे व्याख्यात्मक टिप्पणी किन पास गरेको भनेर प्रश्न गरे । १२ बुँदे संसद्‌बाट नभई जनताबाट अनुमोदन गर्नुपर्ने उनको भनाइ थियो । उनले एमसीसी खारेजीको विरुद्धमा पूर्खाले नालापानीमा लडेजस्तै सबै एक ढिक्का भएर लड्नपर्ने बताए ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिका महासचिव राजकुमारीले एमसीसी राष्ट्रको पक्ष नभएको बताइन् । ‘एमसीसी नेपाली जनता र हाम्रो पार्टीलाई स्वीकार्य छैन,’ उनले भनिन्, ‘नेपाली र नेपाललाई रणमैदान बनाउन खोजिएको छ । यसलाई खारेज गर्न सबै दिदीबैनीहरु एकजुट भएर लडौं ।’

पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजादले एमसीसीको नेपालको हितमा नभएको भन्दै परनिर्भरता बढाउने प्राकृतिक स्रोतसाधनमाथि विदेशीको हस्तक्षेप हुने बताए ।

नेपाल समाजवादी पार्टी नुवाकोटका अध्यक्ष भगवान रानामगर एमसीसीको विषयलाई पार्टीको माथिल्लो तहले निर्णय गर्ने बताए ।

प्रकाशित : भाद्र १२, २०८० २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?