२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एमसीसीको विरोधमा नेकपाको प्रदर्शन

कृष्ण थापा

नुवाकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा सदरमुकाम विदुरमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

एमसीसीको विरोधमा नेकपाको प्रदर्शन

शुक्रबार साँझ विदुर चोकमा एमसीसी खारेजीको माग गर्दै नेकपाका कार्यकर्ताहरूले मसाल बालेर नारा लगाउँदै विरोध गरेका छन् ।

‘राष्ट्रघाती एमसीसी धोका हो, देशद्रोही खड्गबहादुर विष्ट मुर्दावाद, एमसीसी खारेज गर’ भन्दै नारा लगाएका थिए । आगामी मंगलबार एमसीसीको विषयमा अन्तरक्रियासमेत गरिने नेकपा जिल्लाका नेताहरूले बताए ।

प्रकाशित : भाद्र ८, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?