२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

विद्युतीय सवारीका लागि नुवाकोटमा दुई चार्जिङ स्टेसन तयार

सार्वजनिक यातायातका साधनलाई बसपार्कमा र निजी सवारीलाई हावाघरमा चार्जिङको व्यवस्था
कृष्ण थापा

नुवाकोट — विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले विदुर नगरपालिका-४ स्थित बसपार्क र हावाघरमा निर्माण भएका स्टेसन बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

विद्युतीय सवारीका लागि नुवाकोटमा दुई चार्जिङ स्टेसन तयार

चार्जिङ स्टेसनको उद्घाटन विदुर नगरप्रमुख राजन श्रेष्ठले गरे । अब इलेक्ट्रिक गाडी प्रयोगकर्ता नुवाकोटवासी र लिएर बाहिरबाट आउनेलाई चार्जिङ स्टेसनले सजिलो हुने उनले बताए । सार्वजनिक यातायातका साधनलाई बसपार्कमा र निजी सवारीलाई हावाघरमा चार्जिङको व्यवस्था मिलाइएको छ ।

बसपार्कमा निर्माण भएको स्टेसनका लागि जग्गा विदुर नगरपालिकाले उपलब्ध गराएको छ भने हावाघरको चार्जिङ स्टेशन विद्युत प्राधिकरणकै जग्गामा निर्माण भएको हो ।

चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधन खरिद गरी चलाउने व्यवसायीलाई विदुर नगरले प्रोत्साहन गर्ने मेयर श्रेष्ठले बताए ।

चार्जिङ स्टेशन उद्घाटनमा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, १३ वटै वडाका वडाध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ र विद्युत प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित : भाद्र ६, २०८० २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?