२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

नुवाकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, एक घाइते  

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिका–१० शुभघाटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नुवाकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, एक घाइते  

म्यागङ गाउँपालिकाबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ०१–०२ झ ६०५६ नम्बरको जिप गल्छी–त्रिशूली–मैलुङ सडक खण्डको शुभघाटमा अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा भरतपुर नगरपालिका–३ पुल्चोकका ५५ वर्षीय होमबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परेका बस्नेत र जिप चालक म्यागङ गाउँपालिका–५ का ३५ वर्षीय जसवीर तामाङलाई जिल्ला अस्पताल त्रिशूलीमा लगेकोमा चिकित्सकले बस्नेतलाई मृत घोषणा गरेका थिए भने चालकको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर बस्नेतले बताए ।

मृतक बस्नेत लेखापरीक्षक थिए । उनी लेखापरीक्षकका रूपमा केही समयदेखि म्यागङका विद्यालयमा अडिट गर्दै आएकोमा सोमबार फर्किंदै थिए । जिपमा बस्नेत र चालक गरी दुई जनामात्रै भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०८० १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?