२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

रौतहटमा चितुवाको आक्रमणमा परी एकजना घाइते 

शिव पुरी

रौतहट — रौतहटको जुडिबेलास्थित जंगलमा चितुवाको आक्रमणमा परी सोमवार सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु घाइते भएका छन् । 

रौतहटमा चितुवाको आक्रमणमा परी एकजना घाइते 

चन्द्रपुर नगरपालिका– २ स्थित मलेनियामाइ सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु गंगा कुमर चितुवाको आक्रमणमा परी घाइते भएको डिभिजन वन रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिए ।

‘चितुवाले आक्रमण गरेको हो । उनलाई थप उपचारको लागि वीरगञ्ज लगिएको छ,‘ उनले भने, ‘पछिल्लो समय रौतहटको वनमा वन्यजन्तुको सख्या बढेको छ ।’ सामुदायिक वन क्षेत्रको अवस्था बुझ्न गएका कुमरलाई जंगल भित्रै चितुवाले आक्रमण गरेको थियो ।

कुमरको थप उपचारको लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको चन्द्रपुर-२ का वडाअध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिए । रौतहटको राष्ट्रिय वनमा बाघ, चितुवा, हरिण, बँदेल लगायतका बन्यजन्तुको संख्या बढेको वनका कर्मचारीहरु बताउँछन् ।

प्रकाशित : वैशाख १०, २०८१ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?