१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

कंचनरुपको दलितबस्तीमा आगलागी, २४ घर जले

राजविराज — सप्तरीको कंचनरुप नगरपालिका-५ पडेमारास्थित दलित बस्तीमा आइतवार आगलागी हुँदा १२ परिवारका २४ वटा घर जलेर नष्ट भएको छ । स्थानीय लालमोहन सदारको गोठमा बालिएको चुल्होबाट दिउँसो ३ बजेतिर आगो सल्किएको थियो ।

कंचनरुपको दलितबस्तीमा आगलागी, २४ घर जले

जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्योपानेका अनुसार आगलागीबाट लालमोहन सरदारको टिनको छाना भएको चार वटा घर, बिजुली सदारको तीन वटा, आसा सरदार, लालबहादुर सरदार, सुधिर सरदार, बिरबहादुर सरदार, श्यामबहादुर सरदार, रामबहादुर सरदार र बुटु सरदारको दुई–दुईवटा तथा त्रिभुवन सरदार, करण चौधरी र समुन्द्री सरदारको एक–एकवटा गरी २४ वटा घर जलेर नष्ट भएको छ ।

आगलागीमा एउटा बाख्रा र एउटा पाठोको समेत जलेर मरेका छन् । आगलागीमा घरसँगै खाधान्न, लत्ताकपडासहित सरसामानहरु जलेर नष्ट हुँदा २४ लाख २५ हजार रुपैयाँ बरावरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराज, हनुमाननगर कंकालिनी र कंचनरुप नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी र नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा साढे ४ बजे आगो नियन्त्रणमा लिइएको थियो । अत्यधिक गर्मी र तीब्र गतिमा हावा चलेकाले आगो नियन्त्रणमा लिन समस्या भएको थियो । आगलागीमा घरसहित सरसामान जलेर नष्ट हुँदा पीडितहरु समस्यामा परेका छन् ।

प्रकाशित : वैशाख ९, २०८१ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?