३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

५० लाखको भन्सार छलीका सामान बरामद 

शंकर आचार्य

पर्सा — सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका-१० स्थित आदर्शनगरबाट शनिबार ठूलो परिमाणमा भन्सार छली ल्याएको मालबस्तु बरामद गरेको छ ।

५० लाखको भन्सार छलीका सामान बरामद 

विशेष सुचनाको आधारमा जिल्ला आदर्शनगरस्थित दुर्गा क्यारियरमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले क्यारियरको ढोका खोली हेर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याई गोदाम गरी राखेको करिब ५० लाख रुपैयाँ बराबरको कपडा, काजु, ग्याँस चुलो, ब्रेड क्रम्स बरामद गरेको छ ।

बरामद भएको मालसामान आवश्यक कारवाहीको लागि लागि विरगंज भन्सार कार्यालयमा लगिएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जका प्रमुख डिएसपी देवेन्द्र संहले जानकारी दिए।

प्रकाशित : वैशाख ८, २०८१ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?