रौतहटमा पोखरीमा डुबेर बालिकाको मृत्यु  

शिव पुरी

रौतहट — रौतहटको बृन्दावन नगरपालिका– १ स्थित बिश्रामपुर गाउँमा पोखरीमा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ । शसस्त्र प्रहरीको टोलीले बालिकालाई पोखरीबाट बाहिर निकालेको थियो ।

रौतहटमा पोखरीमा डुबेर बालिकाको मृत्यु  

बिश्रामपुरका हुलास बैठाको छोरी १४ वर्षिया निरन्जनकुमारी बैठा नुहाउने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।

बालीका डुबेको खबर पाउना साथ शसस्त्र प्रहरीको सन्तपुर बेशबाट शसस्त्र प्रहरी नायब निरिक्षक यमबहादुर वलीको टोली घटनास्थल पुगेर बालीकालाई पोखरीबाट बाहिर निकालेको शसस्त्र प्रहरी ११ नम्बर गणले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले बालिकालाई मृत अवस्थामा डुबेको ६ घण्टा पछि पोखरीबाट बहिर निकालेको थियो । घटटाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र २६, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?