२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

स्रोत नखुलेको १० लाखसहित पर्सामा एक भारतीय पक्राउ 

भुषण यादव

वीरगन्ज — स्रोत नखुलेको १० लाख रुपैयाँसहित सशस्त्र प्रहरी पर्साले एक भारतीयलाई नियन्त्रणमा लिएको छ । मंगलबार अपराह्न १ बजेतिर रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर०५ एआर ८१०१ भारतीय नम्बरको मोटसाइकलमा सवार भारतीय नागरिकलाई जाँच गर्दा उनले प्रयोग गरेको हेलमेटबाट १० लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले बताए ।

स्रोत नखुलेको १० लाखसहित पर्सामा एक भारतीय पक्राउ 

उनका अनुसार वीरगन्ज महानगरपालिका-१६ भन्सार रोडस्थित १३ नम्बर गण र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले बताए ।

प्रकाशित : मंसिर १२, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?