सर्लाहीको गोडैतामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको गोडैता बजारमा मुस्लिम समुदायले मोहरम पर्व मनाइरहेका बेला दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ  । प्रहरीले भीड तितरवितर पार्ने प्रयास गरिरहेको छ । दुई समुदायबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले अहिले अश्रुग्यास र सामान्य बल प्रयोग गरी भीडलाई तितरवितर पारिरहेको छ ।

सर्लाहीको गोडैतामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

मुस्लिम समुदायले मोहरम मनाइरहेका बेला अर्को समूह अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसलगत्तै उनीहरुले प्रहरीमाथि ढुंगामुढा र सिसाको बोतल प्रहार गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि समान्य बल र अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार मुस्लिम समुदायलाई अर्कोतिर सुरक्षित स्थानमा राखिएको छ । गोडैतामा केही समयदेखि दुई समुदायबीच विवाद भइरहेको थियो । मोहरम पर्वमा विवाद उत्पन्न हुने आंकलन गरेका स्थानीय प्रशासनले ठूलो संख्यामा त्यस क्षेत्रमा प्रहरी परिचालन गरेको छ ।

प्रकाशित : श्रावण १३, २०८० २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?