२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

गर्मी बढेपछि लहानका विद्यालयमा एक साता बिदा

भरत जर्घामगर

सिरहा — गर्मी बढेपछि सिरहाको लहान नगरपालिकाले विद्यालयमा शुक्रबारदेखि एक साताका लागि बिदा दिएको छ ।नगरपालिकाले सूचना प्रकाशित गरी गर्मीको कारणले बालबालिकामा प्रतिकूल असर पर्ने भन्दै जेठ २६ सम्म एक साताको लागि विद्यालयमा बिदा दिएको हो ।

गर्मी बढेपछि लहानका विद्यालयमा एक साता बिदा

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा प्रकाशित सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बालविकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिएको उल्लेख छ ।

पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४१ डिग्रीसम्म तापक्रम पुग्ने गरेकाले दैनिक जनजीवन समेत प्रभावित भएको छ ।

प्रकाशित : जेष्ठ १९, २०८० ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?