१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु 

संखुवासभा — संखुवासभाकाे छ्याङकुटीमा ट्र्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ । 

चिचिलाबाट खाँदबारी आउनेक्रममा छ्याङकुटी डाँडामा प्र. १-०२-००३ त १८८३ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा चालक दावा शेर्पाकाे घटनास्थलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा सहचालक लाक्पा रिञ्जिन शेर्पा घाईते भएका छन् । चालक र सहचालक चिचिला २ का बासिन्दा हुन् ।

प्रकाशित : वैशाख १०, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?