२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

दूई सुत्केरी र नवजात शिशुको सेनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा — जिल्ला अस्पताल संखुवासभाबाट २ जना सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार गरिएको छ । सोमबार सेनाको हेलिकप्टरबाट नवजात शिशुको मुटुमा समस्या देखिएपछि सिलिचोङ्ग-४ का मिनाकुमारी राई र शिशुलाई उद्धार गरिएको हो ।

दूई सुत्केरी र नवजात शिशुको सेनाको हेलिकप्टरबाट उद्धार

त्यस्तै, कम उमेरमा सुत्केरी भएपछि बच्चामा समस्या देखिँदा २ दिने सुत्केरी चिचिला गाउँपालिका दिदिङ्गकी १८ वर्षीया बरुणा राई र उनको बच्चालाई पनि थप उपचारका लागि राजधानी लगिएको छ ।

मिनाकुमारी जिल्ला अस्पतालमा ४ दिन अघि सुत्केरी भएकी थिइन् भने बरुणा आइतबार सुत्केरी भएकी थिइन् । सुत्केरी आमालाई भन्दा दुवै नवजात शिशुमा गम्भीर समस्या देखिएपछि बचाउनका लागि सेनाको हेलिकप्टरबाट प्रसूति गृह थापाथली पठाइएको बाल रोग विशेषज्ञ डा. शान्ति शिवाकोटीले बताइन् ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि राष्टपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारका लागि पठाइएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व कार्यक्रमकी संयोजक भवानी तिम्सिनाले बताइन् । प्रसुति गृहमा उनीहरुको उपचार निशुल्क हुनेछ ।

प्रकाशित : वैशाख १०, २०८१ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?