१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

खोटाङको दिप्रुङ चुइचुम्मामा विद्युत् सर्ट हुँदा घर जल्यो

डम्बरसिं राई

खोटाङ — विद्युत सर्ट भएर दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी खुतुर्केस्थित शम्शेरबहादुर खड्काको घर जलेर नष्ट भएको छ । आइतबार राति ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा ढुंगा–माटोको गारो र जस्तापाताले छाएको घर पूर्ण रूपमा नष्ट हुँदा करिब २५ लाख बराबरको क्षति भएको हो ।

प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार घर, लत्ताकपडा, मालसामान, अन्नपात भाडाकुँडालगायतका सामाग्री जल्दा २५ लाख रूपैयाँ बराबरको क्षति भएको हो । याम्खास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी, स्थानीयले सोमबार बिहान ६ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रण लिएको डिएसपी खड्काले सुनाए ।

प्रकाशित : वैशाख १०, २०८१ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?