२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

बाँदर खेद्‌न गएका व्यक्ति आफैँले बोकेको बन्दुक पड्किएर मृत्यु

लक्ष्मी गौतम

पाँचथर — बाँदर धपाउन गएका एक व्यक्तिको आफैँले बोकेको बन्दुक पड्किएर मृत्यु भएको छ ।  हिलिहाङ गाउँपालिका-४ का मनकुमार सिगुको आफैँले बोकेको बन्दुक पड्किएर ज्यान गएको हो । 

आइतवार अपरान्ह घरदेखि नजिकैको बारीमा गएका ५१ वर्षीय सिगुको बाँदर तर्साउन बन्दुक पड्काउन खोज्दा ब्याक फायरिङ भएर छर्राले लाग्दा ज्यान गएको हो ।

बन्दुक पड्किँदा घाइते भएका उनको पाँचथर अस्पतालमा ल्याउने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमित कुश्वाहाले जानकारी दिए । अपरान्ह नै घटना भएपनि स्थानीयले प्रहरीलाई भने राति ढिला गरी खबर गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १०, २०८१ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?