२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

घरमा भेटिएको अजिंगरलाई जंगलमा छोडियो

डम्बरसिं राई

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अजिंगर फेला परेको छ । स्थानीय अर्जुन रनपालको घरमा शनिबार राति फेला परेको हो ।

घरमा भेटिएको अजिंगरलाई जंगलमा छोडियो

करिब ८ बजेतिर आवाज गर्दै रनपालको घरमा आएको र त्यसलाई स्थानीय स्थानीय भालुढुङ्गा सामुदायिक वनमा लगेर छाडिएको सव डिभिजन वन कार्यालय हलेसीका फरेष्टर दिवश राईले बताए ।

पाँच मिटर लामो र १६ केजी तौलको उक्त अजिंगर कुन जातको भन्ने चाँहि पहिचान गर्न नसकिएको राईले बताए ।

प्रकाशित : वैशाख ९, २०८१ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?