२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किरात याक्थुङ चुम्लुङ पाँचथरको अध्यक्षमा केरुङ

लक्ष्मी गौतम

पाँचथर — किरात याक्थुङ चुम्लुङ पाँचथरको अध्यक्षमा सुरेन्द्रकुमार केरुङ चयन भएका छन् ।

किरात याक्थुङ चुम्लुङ पाँचथरको अध्यक्षमा केरुङ

आइतबार बिहान सम्पन्न चुम्लुङको नवौं अधिवेशनले केरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा सुवास तुम्बापो (काङसोरे) र जितेन चेम्जोङ चयन भएका छन् । यस्तै सचिवमा कमल हाङसरुम्बा, सहसचिवमा पूर्ण परिचित जबेगु र कुमार यावा (मौसम) चयन भएको निर्वाचन समिति संयोजक मधुराज केरुङले जानकारी दिए ।

सदस्यहरुमा टिकामाया नेम्बाङ, नरेश काम्बाङ, उपेन्द्र येक्तेन, मनेन्द्र केरुङ, मचिन्द्र लोवा, दिपक नेम्बाङ, सीता जबेगु, अन्जु योङहाङ, सीता योङ्हाङ, मनकुमार शेर्मा, कमला तुम्बापो, सेसेहाङ लावती, वीरबहादुर केरुङ, जगतबहादुर आङ्देम्बे र भूपेन्द्र योङहाङ र सुकबहादुर मेयोङवा चयन भएका हुन् ।

अधिवेशनले रोहित आङ्बो, महेन्द्र तुम्बापो, सुनिता केरुङ, राजेन्द्र केरुङ र सुशीला देवानलाई जिल्ला चुम्लुङ सदस्यहरुमा चयन गरेको बताइएको छ ।

यसैगरी महेन्द्रकुमार आङ्देम्बे, पदमकुमार मेयोङ्बा र मनकुमा आङ्देम्बेलाई राष्ट्रिय चुम्लुङ सदस्यमा चयन गरेको छ । अधिवेशन चैत २३ गते सुरु भएको थियो ।


प्रकाशित : चैत्र २५, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?