२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तेह्रथुममा आगलागीबाट ५ घर नष्ट

चन्द्र कार्की

तेह्रथुम — आठराई गाउँपालिका १ संक्रान्तिबजार नजिकैको पुराना गाउँमा शनिबार बेलुकी ५ बजेतिर आगलागी हुँदा ४ घर जलेका छन् । आगलागीमा स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका छन् । 

तेह्रथुममा आगलागीबाट ५ घर नष्ट

गाउँ नजिकै रहेको स्याखोक जंगलमा लागेको डढेलो बस्तीमा सल्किएपछि ती घर तथा गोठ जलेको इलाका प्रहरी कार्यालय संक्रान्तिले जनाएको छ । बस्तीमा सल्किएको आगो प्रहरी र स्थानीयले निभाउने प्रयास गरिरहेका छन् । जंगलको आगो भने नियन्त्रणमा आउन नसकेको उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए ।

आगलागीमा अन्नपात, लत्ताकपडा, गरगहना र पशु चौपायसमेत जलेका छन् । आगलागीबाट करिब १ करोड १६ लाख रुपैयाँको धनमाल क्षति भएको प्रहरीको अनुमान छ ।

यस्तै शनिबार नै म्याङलुङ नगरपालिका ४ पिप्ले गैरीगाउँका रुद्र तामाङको घर आगलागीबाट नष्ट भएको छ ।


प्रकाशित : चैत्र ३, २०८० १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?