२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

विराटनगरमा सामुदायिक शिक्षा सुधार कार्यक्रम

विनोद भण्डारीे

विराटनगर — विराटनगर महानगरपालिका-११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ । सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएपछि वडा कार्यालयको अगुवाइमा गुणस्तर सुधार अभियान सुरु गरिएको हो ।

विराटनगरमा सामुदायिक शिक्षा सुधार कार्यक्रम

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालयको अगुवाइमा वडाका दुई वटा सामुदायिक विद्यालयमा अभियान सुरू गरिएको विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिए । उनले भौतिक पूर्वाधार सुधारपछि विद्यालयको गुणस्तर सुधार अभियान सुरु गरेको बताए ।

पहिलो कार्यकालमा भौतिक विकास निर्माणलाई ध्यान दिए पनि दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य, बालबालिका, पिछडिएको वर्गका क्षेत्रका कामलाई प्राथमिकता दिएको उनको भनाइ छ । विराटनगरमा ५६ सामुदायिक, ९५ सस्थागत र १९ वटा धार्मिक विद्यालय छन्। त्यसमध्ये शिक्षा सुधार अभियान अन्तर्गत विराटनगर–११ स्थित जनपथ माध्यामिक विद्यालयमा अभिभावक अन्तरक्रिया गरिएको छ ।

विद्यालयको गुणस्तर सुधारमा अभिभावकको निगरानी, सुझाव र सहयोग आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए । उनले विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न चरणमा व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीसाग अन्तरक्रिया कार्यक्रमहरू गरिरहेको उल्लेख गरे ।

विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शिक्षामा सुधार नभई अरु क्षेत्रको विकास सम्भव नभएको बताए ।उनका अनुसार महानगरभित्रका विद्यालयहरूमा ७० हजार बालबालिका विद्यालय तहमा अध्ययनरत छन् । त्यसमा संस्थागत विद्यालयहरूमा ४० हजार र सामुदायिक विद्यालयहरूमा ३० हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : फाल्गुन १२, २०८० १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?