२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

धनकुटामा आगलागीबाट दुई घरमा क्षति

धनकुटा — धनकुटा नगरपालिका ४ कर्मीटारमा आइतबार दिउँसो आगलागीबाट दुईटा घरमा क्षति पुगेको छ । 
स्थानीय विश्वबन्धु थापाको गाइगोठबाट सल्किएको आगोले थापासहित छिमेकी काजीमान थापाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

धनकुटामा आगलागीबाट दुई घरमा क्षति

विश्वबन्धुको घरसँगै रहेको गोठमा गाइवस्तुलाई खोले पकाउने क्रममा आगो अनियन्त्रित भइ सल्किएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख राजबाबु महर्जनले जानकारी दिए । आगलागीबाट विश्वबन्धुको घर भित्रका खाद्यन्न, लत्ताकपडा भाडाकुँडा क्षति पुगेको छ । काजीमानको घरको एक कोठामा मात्र क्षति भएको प्रहरीको भनाई छ ।

घटनामा करिब दुई सय कुखुरा तथा केहि खसी बाख्रा मरेका छन् । धनकुटा नगरपालिकाको दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको पहलमा एक घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १, २०८० १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?