२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पहिचानपक्षधरको बन्दले मध्यपहाडी लोकमार्ग ठप्प

पूर्वसंस्कृतिमन्त्री गोपाल किरातीसहित ५ जना बन्दकर्ता पक्राउ
डम्बरसिंह राई

खोटाङ — एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई अवरोध गर्न पहिचानपक्षधरहरूले आह्वान गरेको यातायात बन्द गराउने ५ जना पक्राउ परेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसीमा ४ जना र नुनथलामा १ जनालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

हलेसीमा पूर्वसंस्कृतिमन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाईसीएल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई पक्राउ परेका हुन् । नुनथलामा नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङ पक्राउ परेको प्रदेश १ पुनःनामांकन संघर्ष समिति खोटाङका संयोजक युगसन किरातीले बताए ।

बन्दकर्ताहरूले सार्वजनिक यातायात चल्न दिएका छैनन् । एमाले नेता कार्यकर्ता बोकेका यातायातका साधन भने प्रहरी स्कर्टिङ गरेर ओखलढुंगाको हर्कपुरमा हुने कार्यक्रम स्थलतर्फ लगेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने कतै पनि सडक अवरुद्ध नभएको बताएका छन् ।

प्रकाशित : मंसिर २६, २०८० १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?