कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

विराटनगरको आगलागीमा घाइते भएकालाई सेनाको 'स्काइ ट्रक' मार्फत काठमाडौं लगियो [अपडेट]

देवनारायण साह

मोरङ — विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक' मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर लगिएको छ । उक्त आगलागीमा २ जनाको मृत्यु भइसकेको छ भने दुई जना गम्भीर घाइते छन् ।

विराटनगरको आगलागीमा घाइते भएकालाई सेनाको 'स्काइ ट्रक' मार्फत काठमाडौं लगियो [अपडेट]

मोरङ प्रहरी प्रहरी प्रमुख दिपक पोखरेलका अनुसार विराटनगर महानगरपालिका- ७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान,५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौं लगिएको उनले बताए । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ ।

आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको हो ।

कबाडीका कामदारहरुले संकलित वस्तु किच्याउने क्रममा आगलागी भएको घाइतेमध्येका किशोर पासवानले बतााए । पासवानका अनुसार अल्मुनियमको सेन्टको बोतल फुटेपछि आगो सल्किएको हो । उनले आफू भागेको तर पछि त्यही काम गरिरहेकी श्रीमती सुशीलालाई बचाउन जाँदा आगोले जलेको बताए ।

प्रकाशित : मंसिर २०, २०८० १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?