कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

उदयपुरमा बस दुर्घटना, ३ को मृत्यु, ४० जना घाइते

अवधेशकुमार झा

राजविराज — उदयपुरमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ४० जना घाइते छन् । त्रियुगा नगरपालिका-६ देउरीबाट स्थानीयहरु पिकनिक गएको बस दुर्घटना भएको हो ।

उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार मृत्यु हुनेमा बसका चालक ४० वर्षीय भिखन चौधरी, ११ वर्षीय विकास चौधरी र ७ वर्षीया सन्ध्या चौधरीको मृत्यु भएको हो ।

ओरालोमा अनियन्त्रित भएर बस उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा कर्ल्भट नजिक सडकबाट करिब ४० फिट तल खसेर पल्टिएको एसपी थापाले जनाए । दुर्घटनामा ४० जना घाइते छन् ।

घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको उनले जनाए । उनका अनुसार घाइतेहरुको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : मंसिर ९, २०८० १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?