२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

उदयपुरमा दुर्लभ ध्वाँसे चितुवाको उद्धार 

डिल्लीराम खतिवडा

उदयपुर — लोपोन्मुख अवस्थामा रहेको ध्वाँसे चितुवाको उद्धार गरिएको छ । बेलका नगरपालिका–९ यशोधा खोला नजिकको जंगलमा घाइते अवस्थामा फेला परेको पोथी ध्वाँसे चितुवाको मंगलबार उद्धार गरिएको हो । घाइते अवस्थामा रहेको चितुवा वन कर्मचारीले फेलापारी उद्धार गरेको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरमा दुर्लभ ध्वाँसे चितुवाको उद्धार 

चितुवाको औषधि उपचारपछि मंगलबार चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र पठाइएको डिभिजनल वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

ध्वाँसे चितुवा नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसूची-१ मा रहेको छ । नेपालमा यसको संख्या करिब ४ सय र विश्वमा ३ हजारको हाराहारीमा मात्र रहेको अनुमान गरिएको सहायक वन अधिकृत साहले बताए ।

वन क्षेत्रमा फेला परेको चितुवालाई भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुर र कोशी टप्पु वन्यजन्तु आरक्षको पशुविज्ञ चिकित्सकको टोलीले प्राथमिक उपचार गरी थप उपचार र संरक्षणका लागि चितवन पठाइएको हो ।

प्रकाशित : वैशाख १२, २०८० २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?