२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

प्रदेश १ मा मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

माओवादीका दुई र एमालेका थप एक गरी ३ जना मन्त्री नियुक्त
देवनारायण साह

मोरङ — मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रले आज सरकारमा सहभागिता जनाएको छ । माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका हुन् ।

प्रदेश १ मा मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त भएका हुन् ।

उनीहरूले केहीबेरमा शपथ ग्रहण गर्दैछन् । सोमबार प्रदेश १ मा मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । अब ७ सदस्यीय मन्त्रिपरिषद् भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए ।

प्रकाशित : पुस २९, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?