कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

नेसनल हर्टिकल्चर एक्स्पोमा बढ्दै दर्शक [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा नेसनल हर्टिकल्चर एक्स्पो-२०८० चलिरहेको छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबार सुरु भएको प्रदर्शनी १९ गतेसम्म चल्ने छ । मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७ सयभन्दा बढी प्रजातीका बोटबिरूवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको आयोजक नर्सरी व्यवसायी संघले जनाएको छ ।

मेलामा ७४ वटा व्यावसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पार्धाका लागि ५ वटा स्टल रहेका छन् । साथै बिउविजन, औजार उपकरण तथा प्रविधिहरू तथा अन्य स्टलसमेत रहेका छन् ।

सर्वसाधारणले अवलोकन लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय र विद्यार्थीहरू तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ । एक्स्पो कम्तीमा ५० हजार जनाले अवलोकन गर्नुका साथै १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने संघले अपेक्षा गरेको छ ।


प्रकाशित : चैत्र १७, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्