कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

सुनसान सिनेमा हल [फोटोफिचर]

तस्बिर : दीपक केसी

काठमाडौँ — नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा सोमबार मुलुकभरका फिल्म हलहरू बन्द गरिएका छन् । संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको आरोप लगाएको छ ।

सिनेमा हलहरूमा सरकारको अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) को कारण चलचित्र व्यवसायी धरासायी हुने अवस्थामा पुगेको उल्लेख गर्दै 'अव्यवहारिक कर' खारेजीको मागसहित गर्दै सांकेतिक रूपमा विरोधस्वरूप सोमबार देशभरका सिनेमा हद बन्द गरिएको हो ।


प्रकाशित : माघ २२, २०८० २०:३७
प्रतिक्रिया
पठाउनुहोस्