२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बेत्रावतीमा नौ हल गोरुको घम्साघम्सी [तस्बिरहरू]

बलराम घिमिरे

रसुवा — रसुवा र नुवाकोटको सीमानामा पर्ने बेत्रावतीमा प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोरु जुधाउने परम्परा छ । गोसाइँकुण्ड युवा क्लबले गोरु जुधाइ मेलाको व्यवस्थापन गर्दै आएको छ । त्यही परम्परालाई निरन्तरता दिँदै सोमबार ९ हल गोरु जुधाइएको छ । यस वर्ष मकर संक्रान्तिका दिन १८ जना कृषकले गोरु जुधाउन बेत्रावतीमा ल्याएका थिए ।

गोरु जुधाएको हेर्न सोमबार हजारौं मानिसहरु बेत्रावतीमा जम्मा भएका थिए । कृषिमा आधुनिकीकरण हुँदै जाँदा हाते ट्याक्टरको प्रयोग बढ्दा गाउँघरमा गोरु पाल्ने चलन हराउँदै जान थालेपछि प्रतियोगिता सञ्चालनमा समस्या आउने गरेको क्लबले जनाएको छ । प्रतियोगितामा विजेता र उपविजेतालाई क्रमश: १५ हजार र १३ हजार रुपैयाँ नगद पुरस्कार दिइयो भने सहभागी सबैलाई ५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा सहभागी गोरुलाई आयोजकले औषधि र भिटामिनको समेत प्रबन्ध गरेको थियो ।


प्रकाशित : माघ १, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्