कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

कुशे औंसी मेलामा श्रद्धालुको घुइँचो

तस्बिर : इलिट जोशी, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औंसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाइ आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औंसीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ ।

कुशे औंसीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित बाग्मती नदी किनारमा आफ्नो पिता गुमाएकाहरुले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरुको भीड देखिएको छ । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ ।


प्रकाशित : भाद्र २८, २०८० ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्