२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७९

मछिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा [तस्बिरहरु]

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — भुटानको लिग च्याम्पियन पारो एफसीलाई ३-२ ले हराउँदै मछिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ । मछिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र ओलावाले आफिजले १-१ गोल गरे । यसअघिको संस्करणमा श्रीलंकाको ब्लुस्टारसँग पराजित भएको मछिन्द्रले यसपटक भने जित दर्ता गर्‍यो ।

मछिन्द्रले अब प्लेअफको दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । खेल साउन ३१ गते बुधबार कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ । यो खेलको विजेताले समूह चरणमा स्थान बनाउन बंगलादेशको अवाहानी ढाका र माल्दिभ्सको क्लब इगल्सको विजेतासँग खेल्नेछ ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबसँग एएफसी क्लब लाइसेन्स नभएपछि मछिन्द्रले एएफसी कप छनोट खेल्न पाएको हो । मछिन्द्रले लगातार दोस्रोपटक एएफसी कपको छनोट खेलेको हो ।


प्रकाशित : श्रावण २३, २०८० २१:२४
प्रतिक्रिया
पठाउनुहोस्