कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै सिंहदबार अगाडि प्रदर्शन

केही प्रदर्शनकारी पक्राउ
तस्बिर : इलिट जोशी

काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् ।

समाजले सिंहदरबारको दक्षिणतर्फको प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरूले ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’‚ ‘शीर्ष नेता भ्रष्ट छन् : नेपाल जनता त्रस्त छन्’‚ ‘शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर’‚ ‘भ्रष्टाचार हटाऊ : लोकतन्त्र बचाऊ’ लगायत नारा लगाएका थिए ।

प्रकाशित : जेष्ठ १४, २०८० १३:२७
प्रतिक्रिया
पठाउनुहोस्