सुकुम्बासी पुन: आन्दोलित

केशव थापा

काठमाडौँ — स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहिन सुकुम्बासीले विरोध र्‍याली आयोजना गरेका हुन् । अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन उनीहरुले धर्नाको कार्यक्रम गरेका हुन् । उनीहरुले भूमि अभियान्तामाथि लगाइएका झूटा मुद्दा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।


प्रकाशित : माघ १३, २०७९ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्

जीडब्लूएम नेपालको 'बाई ग्रेट, सेभ बिग’ अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्रेट वाल मोटर (जीडब्लूएम) गाडीको नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्पेक्सले ‘बाई ग्रेट, सेभ बिग’ अफर ल्याएको छ ।

नेपालभर ४५ दिनसम्म चालु रहने अफरअन्तर्गत ग्राहकले नगद छुट, एक वर्षको बिमा, एक्सचेन्ज बोनस, स्पट भ्यालुएसन, निःशुल्क एक्सेसरिजलगायत ५ लाख रुपैयाँसम्मका फाइदा पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जीडब्लूएम ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो । ६ वर्षदेखि कम्पनीले हरेक वर्ष १० लाखभन्दा धेरै गाडी बिक्री गरिरहेको बताएको छ । नेपालमा हाभल एच सिक्स, हाभल जोलायन, पावर र विंगल ५ लगायत ग्लोबल मोडल उपलब्ध छन् ।

प्रकाशित : माघ १३, २०७९ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×