२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

‘सत्ताको आडमा फुत्कने/फुत्काउने खेल’

पाठक पत्र

‘मेरो नाममा कसले कारोबार गर्‍यो, मलाई जानकारी छैन : दीपेश’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

‘सत्ताको आडमा फुत्कने/फुत्काउने खेल’

सामान्य जनतालाई आरोप लागेको भए अँध्यारो कोठामा राखेर कडा अनुसन्धान हुन्थ्यो । सत्ताको आड पाएकाहरूलाई सोफामा राखेर उनीहरूको आज्ञा बमोजिमको सिलसिला सुरु हुन्छ र कानुनी छिद्रको प्रयोगबाट फुत्कने/फुत्काउने अवस्था सिर्जना गर्न पेसाकर्मी व्यवसायी माहिर हुन्छन् ।
– रञ्जन पौड्याल

मुखले बोलेको कुरा कसैको प्रमाण हुन्न । उसको सबै बैंक खाता चेक गर्नुपर्छ, त्यो पैसा कहाँ गयो भनेर ।
– आर्यन लिम्बू

हेर्नुहोला, ठूला भन्ने जति सबै चोखिन्छन् र संस्थाको सानो कर्मचारी मात्रै दोषी ठहर हुन्छन् ।
– जगन्नाथ थपलिया

धन्न अंशको कागजमा हस्ताक्षर गराएनछ । नत्र सम्पत्ति गएको पनि थाहा नहुने रैछ ।
– सुनील शिल्पकार

जीबी राईलाई समात, बल्ल थाहा हुन्छ ।
– कुमार गुरुङ

विद्यार्थी संगठन, युवा संगठनको नेतृत्व तहकै व्यक्तिले समेत कहाँ हस्ताक्षर गरेको छु भन्ने थाहा पाउँदा रहेनछन्, गाउँका सर्वसाधारणको के कुरा गर्ने खै !
– गणेशकुमार श्रेष्ठ

थाहा छैन भन्दैमा प्रमाण खोजिन्छ कि उसै छोडिन्छ होला ?
– सरोजकुमार ढुंगाना

सही गर्न जानेको केटोले पढ्न पनि जानेकै होला नि, नपढी सही गरेको होला त ?
– विजय करणजित

रवि लाइन आएछ ।
– कर्मा शेर्पा

गृहमन्त्री रवि दाइको सन्दर्भमा, राम्रोसँग हेर्‍यो भने रविबहादुर लामिछाने पनि हुन सक्छ है । यस्तै सानासाना त्रुटिले समस्या सिर्जना भइरहन्छ ।
– ऐनबहादुर बम

उच्च स्तरको छानबिन समिति बनाए त यी सबै तथ्य छर्लंग बाहिर आउँथे होलान् नि, किन नमानेका होलान् समिति बनाउन ?
– दीपक धिताल

दुःखद, बिचरा सोझो मान्छेलाई फसाएछन् । पीर नगर बाबू, तिम्ले चाँडै न्याय पाउँछौ ।
– सन्तोष सापकोटा

नक्कली खाता, ऋणी बनाएर पैसा अपचलन गरेको भएर सहकारी डुब्यो । नाम कसैको राखिदिने हस्ताक्षर नक्कली, नागरिकता पनि नभएकाले पुनको भनाइ सत्य पनि हुन सक्छ । अनुसन्धान गर्ने भनेकै यहीं हो । जीबी राई धूर्त हुन् । उनले सबैलाई फसाए । उनलाई गिरफ्तार गर्नुपर्‍यो ।
– भरतबहादुर विष्ट

बलियालाई यो देशमा कानुन लाग्दैन ।
– अम्बर पाठक

जब कुनै प्रमाण छैन भने कसैलाई पनि दोषी भन्न मिल्दैन । त्यत्रो पैसा दिँदा कमसेकम हस्ताक्षर त गराउनुपर्छ नि सहकारीले ।
– इन्सल्ट काफ्ले

नेपालमा जे पनि हुन्छ, राजनीतिक पहुँच भए सजिलै कालोलाई सेतो, सेतोलाई कालो बनाउन सकिन्छ ।
– उमेश खत्री

रवि लामिछाने सहकारीको कुनै सदस्य थिएनन्, तिमी त्यो सहकारीको सचिव थियौ अनि अहिले मलाई केही थाहा छैन भन्न मिल्छ ?
– सुनील लामा

प्रकाशित : वैशाख ७, २०८१ ०४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?