कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनमा नक्कली सुराकी प्रकरण : अख्तियार र गृहलाई छानबिन गर्न निर्देशन

काठमाडौं — संसदको सार्वजानिक लेखा समितीले तस्करबाट सुन बरामदका घटनामा प्रयोग भएका सुराकीको आधिकारिताबारे छानविन गरी दोषी प्रहरीमाथि कारवाही गर्न गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

सुनमा नक्कली सुराकी प्रकरण : अख्तियार र गृहलाई छानबिन गर्न निर्देशन

अबैध सुन बरामदीका क्रममा नक्कली सुराकी खडा गरी बरिष्ठ प्रहरी अधिकारीहरुले नै सुराकी बापतको रकम लिएका घटनाबारे बुधबार गृहमन्त्री वामदेव गौतमसंगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । समितिले नक्कली सुराकी प्रकरणमा गम्भिर अनुसन्धान गरी उजुरीकर्ता नै सक्कली सुराकी ठहरिएमा उनीहरुलाई कानुन अनुसारको रकम दिन, नक्कली सुराकी खडा गर्ने प्रहरीलाई कारवाही गर्न समितिले निर्देशन दिएको हो । 'नक्कली सुराकीका घटनाबारे गम्भिर र वृस्तीत छानविन गरी दोषिमाथि कारबाहीका लागि निर्देशन दिर्ने निर्णय भएको छ' समितिका सभापति जनार्दन शर्माले भने ।
परिवारका सदस्यलाई नक्कली सुराकी बनाएर रकम लिने प्रहरी संगठनभित्रको पुरानै प्रवृत्ति हो ।  राजश्व ऐनअनुसार सुनलगायतका अबैध सामगि्र बरामद गरी प्रतिवेदन पेस गर्ने अधिकारीले २० प्रतिशत कमिशन पाउछन् । भन्सार ऐनअनुसार त्यस्ता घटनामा सुराकी दिनेले अलगै १५ प्रतिशत रकम पाउँछन् । राजश्व ऐन अनुसारको कमिशन पाउने प्रतिवेदक प्रहरीले आफ्नै परिवारका सदस्यलाई सुराकी देखाएर भन्सार ऐनअनुसारको रकम पनि लिएको घटनालाई गम्भिर अपराधका रुपमा लिनुपर्ने उल्लेखगर्दै सांसदहरुले घटनाको थप अनुसन्धान गर्न र दोषिमाथि कारवाही गर्न माग गरेका छन् ।
केन्दि्रय अनुसन्धान ब्युरो (सिआईबी) ले दुई बर्ष अघि कोटेश्वरमा बरामद गरेको ३५ किलो सुनको सुराकीबारे उजुरी परेपछि समितिले छानविन प्रक्रिया सुरु गरेको थियो । उक्त घटनामा आफुले सुराकी दिएको, तर प्रतिवेदनमा नक्कली सुराकी देखाएर बरिष्ठ प्रहरी अधिकारीले सुराकी भत्ता समेत खान खोजेको उजुरीकर्ताको दावी छ । सुराकीको नाम गोप्य राख्नुपर्ने कानुनी प्रावधानका कारण समितिले प्रहरीले गलत सुराकी उल्लेख गरे/नगरेको छानविन गर्न अप्ठ्यारो परेको हो ।
यसअघि समितीले अर्थ मन्त्रालयसंग पछिल्लो तीन बर्षको सुराकी दिने ब्यक्तिहरुको बिबरण समेत माग गरेको थियो । गृहमन्त्री गौतम र अर्थ मन्त्रालयका बरिष्ठ अधिकारीहरुले प्रचलित कानुन अनुसार अदालतले माग गरेको अवस्थामा बाहेक सुराकीको नाम गोप्य राख्नुपर्ने कानुनी दायित्वबारे प्रकाश पारेका थिए । गृहमन्त्री गौतमले सक्कली सुराकीको दाबी गर्नेले गृहमन्त्रालय र प्रहरी निकायमा कुनै उजुरी नदिएको बताए । अख्तियारले यो मुद्धा हेरिरहेको हुदाँ गृहले त्यसमा अनुसन्धान नगरेको हो' उनले भने 'सुराकी काण्डमा प्रहरी कर्मचारीको बदमासी भेटिए कारबाही हुन्छ ।' कांग्रेस सभासद धनराज गुरुङलगायतका सांसदहरुले प्रहरीले सुराकीमा नक्कली सुराकी राखेर अपराध गरेको भन्दै उनीहरुलाई तत्काल निलम्बन गर्न माग गरेका थिए । उनले अपराध रोक्न बसेका प्रहरीले नै किर्ते काम गरेको भन्दै आपत्ती जनाएका थिए ।

प्रकाशित : पुस १६, २०७१ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?