कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'बिपीको नीति अहिले पनि सान्दर्भिक'

मेलमिलापको बाटोमा हिड्न दलहरूलाई आग्रह

काठमाडौ — प्रधानमन्त्री सुशील कोइरालाले बिपी कोइरालाले ल्याएको राष्ट्रिय मेलमिलापको नीति अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको भन्दै सबै राजनीतिक दललाई त्यो बाटोमा हिड्न आग्रह गरेका छन् ।

'बिपीको नीति अहिले पनि सान्दर्भिक'

उनन्चालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जननायक बिपी कोइराला स्मृति ट्रष्टले आज बिहान राजधानीमा आयोजना गरेको चियापान कार्यक्रमपछि संवाददातासँग सङ्क्षिप्त कुरा गर्दै उनले मुलुकको शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकासका निम्ति संविधान अपरिहार्य भएको बताए । उनले भने–“राष्ट्रिय एकता तथा मेलमिलापबाटै लोकतन्त्रलाई स्थायित्व दिन सकिन्छ, सबै दलका नेताले नयाँ संविधान निर्माणका खातिर सहयोग एवम् समर्थन गर्नेमा म विश्वस्त छु ।” बिपी २०३३ पुस–१६ गते लामाे निर्वासनपछि भारतबाट मेलमिलापको नीति लिएर नेपाल फर्केका दिनलाई सम्झना स्वरुप मनाइने गरिन्छ ।
ट्रस्टका अध्यक्षसमेत रहेका प्रधानमन्त्री कोइरालाले मुलुकको चौतर्फी विकास र लोकतन्त्रको स्थायित्वका लागि बिपीले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति माध्यम बन्नसक्ने बताए । उनले मुलुकमा सक्रिय सबै दलका नेताले त्यसलाई प्राथमिकता दिनेमा आफूलाई संशय नभएको उल्लेख गरे ।
संविधानलेखनसहित विकास–निर्माणका काममा सबैको सहयोग र समर्थन प्राप्त हुनेमा आफू ढुक्क रहेको दोहोर्याउँदै उनले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसले मुलुकलाई समृद्धि र विकासको बाटोमा डोर्याउन प्रेरणा मिल्ने बताए । रासस

 
 

प्रकाशित : पुस १६, २०७१ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?