१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कांग्रेसले भन्यो, 'सहमति र प्रक्रिया सँगसँगै'

संविधानसभा अध्यक्ष नेम्वाङको ध्यानाकर्षण

काठमाडौं — कांग्रेसको पदाधिकारी बैठकले माघ ८ गते संविधान जारी गर्न प्रमुख राजनीतिक दलहरुबीच सहमतिको प्रयास र प्रकृयालाई सँगसँगै अघि बढाउनु पर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसले भन्यो, 'सहमति र प्रक्रिया सँगसँगै'

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले संविधान जारी गर्ने प्रकृयालाई अघि बढाउन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको ध्यानाकर्षण गराएको छ । राजनीतिक रुपमा सहमतिको प्रयास पनि जारी राख्ने र संविधानसभाले प्रकृया पनि अघि बढाउनुपर्ने कांग्रेसको ठहर छ ।
बैठकपछि कांग्रेस सहमहामन्त्री पूर्णवहादुर खड्काले माघ ८ मा संविधान जारी गर्ने प्रयोजनका लागि संविधानसभाका अध्यक्षले कार्यव्यवस्था समितिको बैठकमा ल्याउने कार्यविधि सम्वन्धी प्रस्तावलाई सहयोग र समर्थन गर्ने निर्णय गरेको बताए ।
'बैठकमा सहमतिका लागि बार्ता प्रकृया कसरी अघि बढिरहेको छ भन्ने बारेमा विस्तृत छलफल र समिक्षा भयो,' खड्काले भने, 'माघ ८ मानै संविधान जारी गर्ने प्रयास गर्नुपर्छ र त्यसका लागि नियमावलीको दफा निलम्बन गर्ने र कार्यतालिका परिवर्तन गर्नुपर्ने अवस्था हुन्छ । यस्तो  अवस्थामा संविधानसभाका अध्यक्षले ल्याउने कार्यविधिलाई सहयोग गर्ने निर्णय गरिएको हो ।'
संविधानका अध्यक्ष नेम्वाङले बुधबारका लागि बोलाएको कार्यव्यवस्था समितिको बैठक एमाले अध्यक्ष केपी ओली राजधानी बाहिर रहेका कारण बिहीबार बिहानका लागि सारेका छन् ।
बिहीबार हुने कार्यव्यवस्था बैठकमा कांग्रेसले संविधानसभाको प्रकृयालाई अघि बढाउन नेम्वाङलाई औपचारिक आग्रह गर्ने भएको छ । कांग्रेसले माघ ८ नजिकिदै गर्दा 'एमाओवादी सहितको मोर्चा' टसमसमको अवस्थामा नभएको भन्दै संविधान जारी हुने सम्भावना कम रहेको निचोड निकाल्दै संविधानसभाका अध्यक्षले अघि बढाउने सम्पुर्ण प्रकृयामा साथ दिने बताएको छ ।

 

प्रकाशित : पुस १६, २०७१ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?