कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुम्बइमा जलेर मृत्यु भएका परिवारद्वारा मृतकको अनुहार हेर्ने इच्छा

रासस

तौलिहवा (कपिलवस्तु) — भारतको मुम्बइस्थित भिवन्डी भन्ने स्थानमा जलेर ज्यान गुमाएका मृतकका परिवारले नेपालमै शवको सत्गत् गर्ने व्यवस्था मिलाइदिन इच्छा जाहेर गरेका छन् ।

मुम्बइमा जलेर मृत्यु भएका परिवारद्वारा मृतकको अनुहार हेर्ने इच्छा


    आफन्तको मृत्युले शोकमा डुबेका उनीहरूले अन्तिमपटक भए पनि मुख हेर्नेसम्मको मौका मिलाइदिन इच्छा जाहेर गरेका हुन् ।

    गत पुस ११ गते काठ उद्योगमा जलेर कुशहवा–८ सतभराका पाँच र बरइपुरका दुई गरी सातजनाको मृत्यु भएको थियो भने सतभाराकै तीनजना सख्त घाइते भएका थिए ।

    घटनाबारे जानकारी पाएलगत्तै मृतक परिवारमध्येका तीनजना १२ गते बिहानै मुम्बइतर्फ लागेका थिए । भएका दुई छोरा ३२ वर्षीय गौरी र २५ वर्षीय राजु लोनियाको अकालमा मृत्यु भएपछि आमा उत्तमा अहिले पनि बेहालमै छन् ।

    “छोराहरूको ज्यान त गयो, उनीहरूको मुखसम्म हेर्ने इच्छा छ, यसका लागि कसैले पहल गरिदिए हुन्थ्यो”, उनले इच्छा जाहेर गरिन् । उता मृतक राजुकी श्रीमती विद्यामतिको पनि एकपटक श्रीमान्को मुखसम्म हेर्ने चाहना व्यक्त गरिन् ।

    “एकपटक भए पनि अनुहारसम्म हेर्न मन थियो”, उनले भनिन् । मृतक सातजना परिवारसहित गाउँलेलेसमेत शवलाई गाउँमै ल्याउन पहल गरिदिन माग गरेका छन् ।” प्रजिअ विनोदप्रकाश सिंहले घटनाका विषयमा नेपालका तर्फबाट भारतका लागि कार्यबाहक राजदूत कृष्ण ढकालले जानकारी गराउँदै मृतक र घाइतेको विवरण पठाएको बताए ।

    “शव र क्षतिपूर्तिका लागि ढकालले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,” आपूmसँग टेलिफोनमा भएको कुराकानीबारे जानकारी गराउँदै उनले भने ।

    मृतकका परिवार सोमबार दिउँसोसम्म पनि मुम्बइ भने नपुगेको आपूmलाई जानकारी आएको उनले बताए । उता शव नेपाल ल्याउन तथा भारत र नेपाल सरकारबाट क्षतिपूर्ति र राहतका लागिसमेत जिल्लाका नेताहरू दीपकुमार उपाध्याय, सुरेन्द्र आचार्य लगायतले समेत पहल गरेका छन् ।
    
    क्षतिपूर्ति पाउने सम्भावना भए पनि मृतकको शरीर चिन्नै नसकिने गरी जलेकाले मुम्बइमा शवको सद्गत् गर्ने सम्भावना रहेको बताइएको छ ।

    घटनामा सतभराका गौरी र राजु लोनिया, मुन्नीलाल यादव, लौटु मुराउ र सनी रैदासको जलेर मृत्यु भएको थियोे । घटनामा सोही गाविसका तीनजना युवा सख्त घाइते भएका छन् ।

    घाइते विनोद यादव, घिरु लोनिया र दिनेश लोनियाको मुम्बइस्थित अस्पतालमा उपचार भइरहेको गाविस सचिव अनिरुद्ध सिंह कुर्मीले जानकारी दिए ।

    उनीहरू खतरामुुक्त रहेको सिंहले बताए । घटनामा बरइपुर–८ का रामदयाल भर र नीरज चौधरीको मृत्यु भएको थियो । सो घटनामा आठजना नेपालीको मृत्यु भएको खबर आए पनि त्यसमध्ये एकजना भारतीय रहेको पुष्टि भएको थियो । रासस
 

प्रकाशित : पुस १६, २०७१ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?