कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दलीय भागबण्डाले संविधानमा असरः कोइराला

विनोद घिमिरे

धनकुटा — नेपाली कांग्रेसकी नेतृ सूजता कोईरालाले माघ ८ मा संविधान जारी हुने सम्भावना टर्दै गएको बताएकी छन् । बुधबार धनकुटामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन नेतृ कोईरालाले तयस्तो बताएकी हुन् ।

दलीय भागबण्डाले संविधानमा असरः कोइराला
नेपाली कांग्रेसकी नेतृ सूजता कोईरालाले माघ ८ मा संविधान जारी हुने सम्भावना टर्दै गएको बताएकी छन् । बुधबार धनकुटामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन नेतृ कोईरालाले राजनीतिकदलहरु राष्ट्रियता र जनताको भलाइमा भन्दा पनि दलीय भागबण्डामा लागेकाले तोकिएकै मितिमा संविधान जारी गर्ने संभावना टर्दै गएको बताइन् ।
सम्वाद समिति भित्र मधेसवादी दल र एमाओवादीले भागबण्डा खोजिरहेकाले सहमति जुट्न नसकेको उनको दावी छ । प्रक्रियाबाट संविधान जारी गर्ने विकल्प संविधान सभालाई रहेको उनले बताइन । संविधान आए माओबादी र मधेसवादी दलको अस्तित्व संकटमा पर्ने भएकाले अस्थिरता सिर्जना गरेर मुलुकमा राजनीति गर्न खोजिरहेकाले आन्दोलनकारी दलहरु राष्ट्रपति र प्रधानमन्त्री पाए पनि संविधानका लागि सहमति नगर्ने पक्षमा रहेको उनको आरोप छ ।

प्रकाशित : पुस १६, २०७१ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?