कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ : मन्त्री यादव

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन् । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सासद्हरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जनशक्ति थप गर्नका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम)को कामलाई अघि बढाएको बताए ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ : मन्त्री यादव

मन्त्री यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘मैले मन्त्री भएकै दिन स्वास्थ्य जनशक्ति थप्नुपर्छ भनेर निर्णय गरेँ । र त्यसको लागि प्रक्रियाहरु अगाडि बढाएका छौं । अर्थ मन्त्रालयलाई ओएनएमका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौं । मलाई लाग्छ–माननीयज्युहरुको दबाब र समग्र माननीयज्युहरुको चाहना अनुरुप यो प्रक्रिया सरकारले अगाडि बढाउँछ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री यादवले सरकारी अस्पतालहरुमा सहज र सुलभ गुणस्तरीय सेवाका लागि आफूले अनुगमनको कामलाई कडाईका साथ अघि बढाएको दावी समेत गरे ।

प्रकाशित : असार ५, २०८१ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×