कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खतिवडाको प्रश्न : पूर्वराष्ट्रपतिको सुविधाबारे सरकारले के सोचेको छ ?

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले पार्टी सदस्यता नवीकरण गरेको दाबी गर्दै राज्यले दिने सेवा सुविधाबारे सरकारले के सोचेको छ भन्ने प्रश्न गरेका छन् ।

खतिवडाको प्रश्न : पूर्वराष्ट्रपतिको सुविधाबारे सरकारले के सोचेको छ ?

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टीको सदस्यता नवीकरण गरेको भन्ने विषय उठाएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमाले पार्टीको सदस्यता नवीकरण गरेको अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा राज्यले सेवा/सुविधा दिने कि नदिने भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने खतिवडाको भनाइ थियो । ‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो । सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?,’ सांसद खतिवडाले प्रश्न गरे, ‘राज्यले त्योबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस् ।’

पूर्वराष्ट्रपतिका विषयमा संविधानमा के व्यवस्था गरिएको छ र व्यवहारमा के भइरहेको छ भन्ने विषयमा सरकारले संसद्मा जवाफ दिनुपर्ने खतिवडाको माग थियो ।

त्यस्तै, धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सत्तारुढ राजनीतिक दलहरूबीच विवाद भइरहेको विषय पनि सांसद खतिवडाले संसद्मा उठाएका छन् । उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सत्तारुढ दलमा रस्साकस्सी पुगेको छ र कानुनी प्रक्रिया नपुर्‍याइकन नियुक्ति प्रक्रिया अगाडि बढाइयो भन्ने सुन्नमा आएको छ । कानुन अनुसार नियुक्ति गर्ने पद्दतिको विकास होस् ।’

प्रकाशित : असार ५, २०८१ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×