कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रतिनिधिसभा बैठक : किसानलाई दूधको बक्यौता रकम भुक्तानी गर्न सांसदहरुको माग

काठमाडौँ — सांसदहरुले किसानलाई दूधको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसदहरुले किसानका  समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने माग गरे । 

प्रतिनिधिसभा बैठक : किसानलाई दूधको बक्यौता रकम भुक्तानी गर्न सांसदहरुको माग

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा माग गरे ।

उनले संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू लिएर आन्दोलन गरिरहेका किसानहरूमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको बताए ।

कांग्रेस सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । 'आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ', उनले भनिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘सर्वप्रथम त म दुध किसानहरुलाई सरकारले दमन गरेर, पक्राउ गरेर राखेको छ । उनीहरुलाई तुरुन्त रिहा गरी उनीहरुको बाँकी रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन आग्रह गर्दछु ।'

प्रकाशित : असार ५, २०८१ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×