कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चक्रपथ निर्माणबारे काठमाडौंका ९ सांसदले दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ — काठमाडौंबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले चक्रपथ निर्माणबारे जरुरी महत्वको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसद प्रदीप पौडेल प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा कांग्रेस र रास्वपाका सांसद रहेका छन् । 

चक्रपथ निर्माणबारे काठमाडौंका ९ सांसदले दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं उपत्यकाको चक्रपथ दोस्रो खण्ड बिस्तार परियोजना अलपत्र परेकाले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुपरेको प्रस्तावमा उल्लेख छ ।

सडक आसपासबाट निक्लिने धुलो, धुँवा र वातावरण प्रदूषणले आम नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको हुँदा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकमा असर परेकाले छलफल गर्नुपर्ने उल्लेख छ ।

'विकास निर्माणको कार्यमा ढिलासुस्ती हुँदा राज्य जवाफदेही हुन नसकेको र आम नागरिकमा निराशा बढ्दै गएको कारणले राज्यलाई आफ्ना काम कारबाहीप्रति जिम्मेवार जवाफदेही बनाउन' प्रस्ताव दर्ता गराइएको भनिएको छ ।

संसद्मा चक्रपथ बिस्तार २ वर्षमै गर्नेबारे नेपाल र चीनबीच दुईपक्षीय सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको भन्दै त्यसको कारणबारे छलफल गर्नुपर्ने प्रस्तावको कारणमा उल्लेख गरिएको छ ।

'नेपाल र चीन सरकारबीच विगतमा भएको सम्झौता मुताविक रिङरोड विस्तार कार्य अघि बढ्ने/नबढ्ने निर्क्यौल गरी अघि बढाउन नसक्ने परिस्थिति रहेमा नेपाल सरकारले आफ्नै स्रोतबाट लगानी गरी अविलम्ब विस्तार कार्य अघि बढाउने,' प्रस्तावमा उल्लेख छ ।

सांसद पौडेलले दर्ता गराएको प्रस्तावका समर्थकमा सांसदहरू गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजन केसी, सोबिता गौतम, गणेश पराजुली, अम्बिका बस्नेत र सपना राजभण्डारी रहेका छन् ।

प्रकाशित : असार ५, २०८१ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×