कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आइतबार गिरीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेस तोक्न आदेश गरेको छ । उनलाई सजाय निर्धारणका लागि जेठ २८ गते फेरि अर्को सुनुवाइ हुने काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए ।

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख ३ गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । विवाहपछि उनीहरुको दाम्पत्य सम्बन्ध बिग्रियो । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता छ ।

कपिलवस्तु जिल्ला अदालतले चैत २० गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । त्यसपछि गिरी मुद्दा फिर्ता गराउन सक्रिय बनेका थिए । यही क्रममा गिरी ०७९ चैत २७ गते रावलको सामाखुसीस्थित डेरामा पुगेर बलात्कार गरेको भन्दै पत्नी रावलले जिल्ला अदालत काठमाडौंमा बलात्कार कसुरमा मुद्दा हालेकी थिइन् ।

न्यायाशीध पत्नि रावलले ढिलै भए पनि न्यायको अनुभूती भएको बताएकी छिन् । ‘आज दोषी ठहर गरेर मलाई पूर्ण न्यायको अनुभूती दिएकोमा जिल्ला अदालतप्रति आभारी छु,’ उनले भनिन् । उनले न्याय पाउनका लागि लामो समयको सडक संघर्ष गरेकी छन् । पतिबाटै बलात्कार भएको मुद्दा किनारा लगाउन अदालतले ढिलासुस्ती गरेको भन्दै उनले ०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिइन् । उनले ०८० माघ १ देखि दोस्रो चरणको अनशन थालेकी थिइन् ।

सरकारले गाँस, बास, कपास र जीविकोपार्जन सहितको पीडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै अनशनरत छिन् ।

प्रकाशित : जेष्ठ १३, २०८१ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?