कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

एसियाका १९ देशका २० मिडियाको प्रधानमन्त्रीलाई पत्र : 'सिरोहियामाथिको कारबाही तुरून्त रोकेर लोकतन्त्र र प्रेस स्वतन्त्रताको सम्मान गर'

काठमाडौँ — एसियाका १९ देशका २० वटा ठूला मूलधारका मिडियाहरूको सञ्जाल 'एसिया न्युज नेटवर्क (एएनएन) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा आपत्तिसहित यस्ता गतिविधिले लोकतान्त्रिक देशकै प्रतिष्ठामा आँच आउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएको छ ।

एसियाका १९ देशका २० मिडियाको प्रधानमन्त्रीलाई पत्र : 'सिरोहियामाथिको कारबाही तुरून्त रोकेर लोकतन्त्र र प्रेस स्वतन्त्रताको सम्मान गर'

एएनएनका अध्यक्ष महाफुज अमनले पठाएको पत्रमा गत मंगलबार कान्तिपुरका अध्यक्षलाई समाचारकक्षबाट हिरासतमा लिएको घटना प्रस्टरुपमा मिडियाप्रति धम्की भएको भन्दै चिन्ता जाहेर गरेका छन् ।

'मिडियाले कुनै राजनीतिज्ञको बारे कुनै अनुसन्धान गर्छन् र यस्तो घटना हुन्छ भने यसले लोकतान्त्रिक देशको रुपमा नेपालको प्रतिष्ठा र प्रेसप्रतिको व्यवहारमा आँच ल्याउनेछ,' प्रधानमन्त्री दाहाललाई पठाइएको पत्रमा छ ।

केएमजीको समाचार कक्षमा घुसपैठ गर्ने प्रहरीको आचरण र कार्यालय परिसरमा प्रहरीको भारी उपस्थित स्वतन्त्र मिडियाको लागि अस्वीकार्य हुने एएनएनले उल्लेख गरेको छ । अध्यक्ष सिरोहियाप्रति गरिएको व्यवहारबारे उल्लेख गर्दै विधिको शासन निष्पक्ष र न्यायपूर्ण हुनुपर्ने उल्लेख गरेको छ ।

'हामी महामहिमलाई थप सबै प्रहरी कारबाही रोक्न, निष्पक्ष र उचित कानुनी उपचारको सुनिश्चित तुरुन्तै गरी नेपालको लोकतन्त्रको प्रतिष्ठा, विश्वसनियता र प्रेस स्वतन्त्रतालाई सम्मान गर्ने देशको रुपमा रहेको देखाउनका लागि विनम्रतापूर्वक अनुरोध गर्छौं,' पत्रमा छ ।

एनएनएनका सदस्यहरूमा चाइना डेली, डेली स्टार (बंगलादेश), डन (पाकिस्तान), इलेभेन मिडिया (म्यानमार), गोगो मंगोलिया, जकार्ता पोस्ट (इन्डोनेसिया), कुएन्सेल (भुटान), काठमाडौं पोस्ट (नेपाल), फिलिपिन्स डेली इन्क्वायरर, रस्मेई क्याम्पुचेया, नोम पेन्ह पोस्ट (कम्बोडिया), बोर्नियो बुलेटिन (ब्रुनाई), योमिउरी शिम्बुन/द जापान समाचार, कोरिया हेराल्ड, द नेशन (थाइल्याण्ड), द स्टार, सिन च्यु डेली (मलेसिया), द स्टेट्सम्यान (भारत), द स्ट्रेटटाइम्स (सिंगापुर), भियनतियान टाइम्स (लाओस) र भियतनाम समाचार छन् । यो पत्र सोमबार एनएनएनलले थाइल्याण्डस्थित नेपाली राजदूतावासमा पनि बुझाउनेछ ।




प्रकाशित : जेष्ठ १२, २०८१ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?