कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सरकारले सञ्चार जगतलाई तर्साएर मुलुकमा निरंकुशता र अधिनायकवाद लाद्न खोज्यो : कोइराला

विनोद भण्डारी

विराटनगर — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले सञ्चार जगतलाई तर्साएर मुलुकमा निरंकुशता र अधिनायकवाद लाद्न खोजेको बताएका छन् । 

सरकारले सञ्चार जगतलाई तर्साएर मुलुकमा निरंकुशता र अधिनायकवाद लाद्न खोज्यो : कोइराला

विराटनगरमा प्रेस युनियन कोशी प्रदेशले बिहीबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले कान्तिपुरमाथि प्रहार गरेर सरकारले संचार जगतलाई तर्साएर मुलुकमा निरंकुशता र अधिनायकवाद लाद्न खोजेको बताएका हुन् । उनले कान्तिपुरलाई तर्साउन सके अरु संचारगृहलाई पनि तह लगाउन सकिन्छ र निरंकुश सरकार चलाउन सजिलो हुन्छ भन्ने मानसिकता सरकारमा रहेकाहरुको देखिएको दाबी गरे ।

नागरिकतामा समस्या देखिएको हो भने सिरोहियासहित गृहमन्त्री रवि लामिछाने, संसद्‌ सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई पनि कारबाही हुनुपर्ने उनको भनाइ थियो । 'सिरोहियाको नागरितामा समस्या देखियो भने उनीमाथि कारबाही हुनुपर्छ । सँगै गृहमन्त्री लामिछाने र संसद्‌का महासचिवलाई पनि कारबाही हुनुपर्छ । मन्त्री हुनेबित्तिकै कारबाहीको दायरामा पर्दै नपर्ने भन्ने हुँदैन । कानुन सबैलाई बराबर हुनुपर्छ,' उनले भने ।

नेता कोइरालाले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई समेत सहकारी ठगी र दुइटा पासपोर्ट प्रयोग गरेको अभियोग रहेकाले पहिले उनले छानबिनलाई सजिलो बनाउन गृह छाडेर अन्य मन्त्रालय रोज्नुपर्छ । नत्र आफू स्वंयम अभियुक्त हुने अनि अरुको नागरिकताको असलियत छानबिन गर्छु भन्नु न्यायसंगत नहुने तर्क गरे।

'प्रधानमन्त्रीले अघिल्लो दिन कान्तिपुरमा प्रहरी हस्तक्षेप भएको र कैलाश सिरोहियालाई पक्राउ गरेको विषय आफूलाई थाहा छैन भन्ने अनि फेरि पत्रकारहरुसँगको भेटमा मैले नै पक्राउ गर्न लगाएको हो भनेर दोहोरो कुरा गर्नुले मुलुक कहाँबाट संचालित छ ?' उनको प्रश्न थियो ।


प्रकाशित : जेष्ठ १०, २०८१ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?