१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

नक्कली शैक्षिक प्रमाणपत्र लिएर सेवा प्रवेश गर्ने सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी सेवा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका निरीक्षक प्रकाशबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नक्कली शैक्षिक प्रमाणपत्र लिएर सेवा प्रवेश गर्ने सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरी बल ३६ नं. गण हेडक्वार्टर डोटीमा कार्यरत चन्दविरुद्ध सोमबार अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको हो ।

चन्दले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइ स्कुल एण्ड इन्टरमिडिएट एजुकेसन युपीबाट जारी भएको १०+२ को शैक्षिक प्रमाणपत्र नक्कली बनाएको पाइएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना मागदाबी लिइएको छ । उक्त दफामा झुटा विवरण दिइ सरकारी लाभ सुविधा लिएको कसूरमा संलग्नलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय र १० रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित : वैशाख १०, २०८१ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?