कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

कतारी अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइबारे कुरा गर्छु : प्रधानमन्त्री दाहाल

भवानी भट्ट

कञ्चनपुर — प्रधानमन्त्री पुष्पकमल दाहालले प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइका लागि अवाश्यक पहल भइरहेको बताएका छन् । उनले कतारी राजा अमिरको आसन्न नेपाल भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिए ।  

कतारी अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइबारे कुरा गर्छु : प्रधानमन्त्री दाहाल

‘कतारका राजा अमिरको नेपाल भ्रमणमा विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन कतारी राजासमक्ष प्रमुख रुपमा कुरा राखिनेछ,’ आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौँथो दीक्षन्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आजै बिहान कुवेतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदा पनि मैले विपिनको रिहाइका लागि कतारले खेल्न सक्ने भूमिकाबारे उल्लेख गरेको छु ।’

कतारका अमिर आगामी मंगलबार नेपाल भ्रमणमा आउँदैछन् । प्रधानमन्त्री दाहालले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका जोशीलाई सकुशल स्वदेश फर्काउन आवश्यक कुटनीतिक पहल भइरहेको बताए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत ४९ विद्यार्थीहरु लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गत भदौ अन्तिम साता इजरायल गएका थिए । असोज तेस्रो साता प्यालेस्टाइनी विद्रोही समूहको आक्रमणमा परी १० जना विद्यार्थीको मृत्यु भयो । त्यही बेला देखि विपिन भने विद्रोही समूहको नियन्त्रणमा रहेका छन् । अन्य विद्यार्थी भने स्वदेश फर्किसकेका छन् ।

बेपत्ता जोशीका परिवार भने छोराका रिहाइका लागि हार गुहार गरिरहेका छन् । परराष्ट्र मन्त्रीदेखि प्राधनमन्त्रीसम्म पुगेर आग्रह गरिसकेका छन् ।

विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहमा १३ सय ३६ विद्यार्थी दीक्षित भएका छन् । विद्यार्थीहरुले कुलपति एवं प्रधानमन्त्री दाहालले दीक्षित गरेका थिए । दीक्षान्त समारोहमा बोल्दै विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभई व्यवहारिक र जीवनोपयोगी तथा सामाजिक रुपान्तरणका लागि सहयोगी हुनुपर्ने बताए ।

उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान र अनुशासित हुनुपर्ने बताए ।

प्रकाशित : वैशाख ९, २०८१ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?